Janaki Post
  • गृहपृष्ट
  • अर्थ/वाणिज्य
  • मनोरन्जन
  • राजनीतिक
  • विचार
  • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ट
  • अर्थ/वाणिज्य
  • मनोरन्जन
  • राजनीतिक
  • विचार
  • स्वास्थ्य
No Result
View All Result
Janaki Post
No Result
View All Result
Bottom Nav bar (Mobile Responsive)
home Home trending_up Trending update Breaking News newspaper newspaper
Home Featured

प्रदेश २ः बलात्कृत किशोरी न्याय नपाएपछि गरिन आत्महत्या, ३ पञ्च पक्राउ !



admin admin
२०७७ भाद्र ३१, बुधबार ०९:०१ गते

जानकी पोस्ट, ३१ भदौ ,सप्तरी ।  प्रदेश नं २ को सप्तरी जिल्लामा एक किशोरी न्याय नै नपाएपछि उनले आत्महत्या गरेकी छन् ।

सामुहिक बलात्कारकी शिकार भएकी किशोरीलाई गाउँलेहरुको दबाबपछि नै आत्महत्या गर्न बाध्य भएकी परिवारजनले जनाएको छ ।  बलात्कारीहरूविरुद्ध प्रहरी कहाँ उजुरी गर्न गाउँलेहरूले नै रोक लगाउँदै चेतावनी दिएपछि डाकनेश्वरी नगरपालिका– ७ ललितपुरकी १७ वर्षीया किशोरीले मङ्गलबार आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

 

गत सोमबार बिहान धानखेतमा पानीको अवस्था हेर्न गएकी किशोरीमाथि सामूहिक बलात्कार भएपछि आरोपित विरुद्ध कारवाहीको लागि निवेदन दिन नदिदा उनले आत्महत्या रोजेकी उनकी आमाले बताइन् ।

बलात्कार भएपछि किशोरीले आरोपित ४ जनाविरुद्ध प्रहरी कार्यालय जान खोज्दा केही गाउँलेले भेला बसी उनीहरुलाई रोकेपछि तनावमा परेकी किशोरी मँगलबार आत्महत्या गर्न बाध्य भएकी प्रहरीले जनाएको छ ।

गाउँले पञ्चहरूको निर्णयबाट चित्त नबुझेपछि किशोरीले पीडा सहन नसकी आत्महत्या गरेकी जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता तिलक भारतीले जनाएका छन् ।

मण्डल समुदायका ८/१० जनाको छलफलले पीडित र उनकी आमालाई प्रहरी कार्यालय जान रोक लगाउँदै आरोपितहरूबाट रु ५५ हजार क्षतिपूर्ति भराउने निर्णय गरेको छिमेकीहरुले जानकारी दिए ।

साना घटनामा प्रहरी कार्यालय आउने तर संवेदनशील घटना लुकाउन खोज्ने प्रवृत्तिले प्रहरीलाई घटना अनुसन्धान गर्न र अपराधी पक्राउ गर्न समस्या हुने गरेको प्रहरीले जनाएको छ।

घटनाको खबर पाएलगत्तै प्रहरी निरीक्षक सँतोष खडकाको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय सप्तरीको टोली, प्रहरी निरीक्षक धर्मराज मुडभरीको नेतृत्वमा इलाका प्रहरी कार्यालय कल्याणपुरको टोली, इलाका प्रहरी कार्यालय पातो र प्रहरी चौकी प्रवाहाको टोली घटनास्थल पुगेर अनुसन्धान गरेको छ ।

घटनास्थलमा पीडितले जोगिनका लागि धानबाली र आली समातेर गरेको सङ्घर्षका चिह्नहरु, मडारिएको धानका बाला, फुटेका हातका चुराहरु र अन्य प्रमाणहरु पाइएको प्रहरीले जनाएको छ ।

किशोरीको मृत्युपछि सामूहिक बलात्कारका चार आरोपित गाउँबाट फरार भएका छन् । घटनास्थल पुगेको प्रहरी टोलीले पीडितलाई प्रहरी कार्यालय जान रोक लगाउने र क्षतिपूर्ति भराउने निर्णय सुनाउने पञ्चहरू जयकान्त मण्डल, वासुदेव मण्डल र सत्यनारायण मण्डललाई भने पक्राउ गरेको छ ।
पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय कल्याणपुरको नियन्त्रणमा राखिएको छ । मृतकको शव मङ्गलबार राति राजविराज ल्याइएको छ ।

प्रहरी निरीक्षक खड्काले शवको परीक्षण धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिने जानकारी दिए ।

Previous Post

सिरहा : एकैदिन भेटिए १७० कोरोना संक्रमित, अधिकांश कैदीबन्दी

Next Post

एकैदिन १५३९ जनामा कोरोना संक्रमण पुष्टि

admin

admin

Next Post

एकैदिन १५३९ जनामा कोरोना संक्रमण पुष्टि

Discussion about this post

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७७ भाद्र ३१, बुधबार ०९:०१ गते
मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७७ भाद्र ३१, बुधबार ०९:०१ गते
जानकी माताको दर्शन शहित आजको राशिफल हेर्नुहोस

जानकी माताको दर्शन सहित आजको राशिफल पढ्नुहोस

२०७७ भाद्र ३१, बुधबार ०९:०१ गते
सिरहा ४ ‘क’मा जनमतका त्रिभुवन साह जित्नसक्ने चार फ्याक्टर

सिरहा ४ ‘क’मा जनमतका त्रिभुवन साह जित्नसक्ने चार फ्याक्टर

२०७७ भाद्र ३१, बुधबार ०९:०१ गते

सिरहाको एक युवकको कोरोना संक्रमणबाट मृत्यु !

एसईईको नतिजा प्रकाशन गर्न थप केहि दिन लाग्ने

सिरहामा राहत बितरण गर्ने क्रममा १३ राउण्ड फायर !

नेपालमा रहेका भारतीय नागरिकले अब आफ्नो विवरण दर्ता गराउनु पर्ने

नेपालमा रहेका भारतीय नागरिकले अब आफ्नो विवरण दर्ता गराउनु पर्ने

मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७७ भाद्र ३१, बुधबार ०९:०१ गते
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७७ भाद्र ३१, बुधबार ०९:०१ गते
उपप्रधानमन्त्री रवि लामिछानेको नागरिकताबारे आज सर्वोच्चमा छलफल हुने

उपप्रधानमन्त्री रवि लामिछानेको नागरिकताबारे आज सर्वोच्चमा छलफल हुने

२०७७ भाद्र ३१, बुधबार ०९:०१ गते
महानगर चलाउन सिक्दैछन् मेयर बालेन !

बालेन भर्सेस निर्वाचन आयोग : पुस २० गतेका लागि संवैधानिक इजलासमा पेसी तोकियो

२०७७ भाद्र ३१, बुधबार ०९:०१ गते

Recent News

मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७७ भाद्र ३१, बुधबार ०९:०१ गते
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७७ भाद्र ३१, बुधबार ०९:०१ गते
उपप्रधानमन्त्री रवि लामिछानेको नागरिकताबारे आज सर्वोच्चमा छलफल हुने

उपप्रधानमन्त्री रवि लामिछानेको नागरिकताबारे आज सर्वोच्चमा छलफल हुने

२०७७ भाद्र ३१, बुधबार ०९:०१ गते
महानगर चलाउन सिक्दैछन् मेयर बालेन !

बालेन भर्सेस निर्वाचन आयोग : पुस २० गतेका लागि संवैधानिक इजलासमा पेसी तोकियो

२०७७ भाद्र ३१, बुधबार ०९:०१ गते
Janaki Post

We bring you the best Premium WordPress Themes that perfect for news, magazine, personal blog, etc. Check our landing page for details.

Follow Us

Browse by Category

  • Bagmati Province
  • Climate and Enviroment
  • Covid-19
  • Culture and Arts
  • Curret Affairs
  • Education
  • Entertainment
  • Featured
  • Finance
  • Fitness
  • Games and Sports
  • Heath and Fitness
  • Horoscope
  • International
  • Local Level Election 2079
  • Lumbini Province
  • Madhesh Province
  • National
  • Nepal Government
  • Opinion
  • Politics
  • Province No. 1
  • Science and Technology
  • Social Crime
  • Uncategorized

Recent News

मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७७ भाद्र ३१, बुधबार ०९:०१ गते
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७७ भाद्र ३१, बुधबार ०९:०१ गते
  • Home 1
  • अर्थ/वाणिज्य
  • गृहपृष्ठ
  • जीवनशैली
  • मनोरन्जन
  • राजनीतिक
  • विचार
  • समाचार
  • स्वास्थ्य

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.