Janaki Post
  • गृहपृष्ट
  • अर्थ/वाणिज्य
  • मनोरन्जन
  • राजनीतिक
  • विचार
  • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ट
  • अर्थ/वाणिज्य
  • मनोरन्जन
  • राजनीतिक
  • विचार
  • स्वास्थ्य
No Result
View All Result
Janaki Post
No Result
View All Result
Bottom Nav bar (Mobile Responsive)
home Home trending_up Trending update Breaking News newspaper newspaper
Home Covid-19

संक्रमित गर्भवतीलाई कोरोना अस्पतालले भर्ना लिएन, घरमै अक्सिजनको भर



admin admin
२०७७ आश्विन १२, सोमबार ०८:४५ गते

जानकी पोस्ट ,१२ असोज ,वीरगञ्ज ।     वीरगञ्ज रामगढवाकी २६ वर्षीया महिलालाई शनिबार अचानक स्वासप्रश्वासमा समस्या देखियो । हल्का ज्वरो आउनुका साथै खोकी पनि लागिरहेको थियो ।

आफन्तले तुरन्तै सीता अस्पताल पुर्‍याए । ती महिलाको गर्भको नियमित जाँच गरिरहेको प्रसुति रोग विशेषज्ञ डा‍. निलम चौरसियाले स्वास प्रश्वासको समस्या भएकाले जनरल फिजिसियनलाई देखाउन सल्लाह दिइन् ।

 

 

त्यसपछि उनलाई एडभान्स अस्पताल लगियो, त्यहाँ डा. उदयनारायण सिंहले जाँच गरे । जाँच गर्दा कोभिड संक्रमणको शंका लागेपछि पीसीआर परीक्षणका लागि नारायणी अस्पताल पठाएको डा. सिंह बताउँछन् ।

प्रयोगशालाले अपरान्ह ४ बजेतिर उनलाई कोरोना संक्रमण भएको खबर गर्‍यो । गर्भवती, त्यसमाथि लक्षणसमेत भएकाले नारायणी अस्पतालले कोभिड अस्पताल लैजान सुझाव दियो, तर नेसनल मेडिकल कलेज कोभिड अस्पतालले राख्न नसकिने जवाफ दियो । आफन्त अलमलमा परे ।

गुनासो गर्न जिल्ला प्रहरी कार्यालय गएका आफन्तलाई प्रहरीले गेटबाटै चिकित्सकले भने अनुसार गर्नू भनेर पठाइदिए । त्यसैले हाल गर्भवतीलाई घरमै राखिएको छ ।

‘ज्वरो खोकी छ, गर्भवती महिला संक्रमित हुनुहुन्छ भन्दा पनि नेसनल मेडिकल कलेजले स्थापना गरेको बाबा आइसोलेसनमा राख्न मानेनन्’ नारायणी अस्पतालमा समेत कार्यरत डा. सिंहले भने ‘बेडको व्यवस्था हुन नसकेपछि आफन्तले घर छेउमै मेडिकल पसल छ, घरमै राख्छौं भनेर लैजानुभयो ।’

अहिले आफूले नियमित सम्पर्कमा रहेर परामर्श दिइरहेको डा. सिंह बताउँछन् ।

पहिले कोरोना विशेष अस्पतालको रुपमा सञ्चालन भएको नारायणी अस्पतालमा भने हाल जनरल सेवा सञ्चालन गरिएको छ र कोरोना संक्रमितको उपचार गरिएको छैन ।

कोरोना संक्रमितको संख्या घटेपछि अस्थायी कोरोना अस्पताल वीरगञ्ज हेल्थकेयर पनि जनरल अस्पतालमा परिणत भइसक्यो । गण्डक अस्पतालका सबै संक्रमित डिस्चार्ज भइसके । अब वीरगञ्जमा नेसनल मेडिकल कलेजले सञ्चालन गरेको अस्थायी कोरोना अस्पताल (बाबा होटल आइसोलेसन) मात्रै सञ्चालनमा छ । नारायणीमा आईसीयूसहित १५ बेडको अब्जर्भेसन वार्ड छ ।

वैकल्पिक व्यवस्था नगरी धमाधम कोरोना अस्पताल बन्द गरिँदा बिरामीहरु भने मारमा परेका छन् । यसअघि वीरगञ्जमा मृगौला रोगीमा कोरोना संक्रमण पुष्टि हुँदा डायलायसिस गराउन समस्या भएको थियो ।

सुत्केरी हुने दिन नजिकिँदै गर्दा अस्पताल लैजानुपर्नेमा उल्टै संक्रमित भएकै कारण घरमा ल्याएर राख्नु पर्दा आफन्त चिन्तित छन् । सामान्य अवस्था भएको पभए घरमै राख्दा डर हुने थिएन । तर उनको स्वास्थ्य अवस्था राम्रो छैन । शनिबार रातिदेखि अक्सिजन दिइएको छ । १५ हजार रुपैयाँ धरौटी राखेर आफन्तले घरमै अक्सिजनको बन्दोबस्ती मिलाएका हुन् ।

सबैतिर हारगुहार गर्दा अस्पतालले राख्न नमानेपछि घरमै ल्याएर राख्नुपरेको संक्रमितका दाजु दिनेश पण्डित बताउँछन् । ‘कोरोना लागेका किरामीको कोरोना अस्पतालमा निःशुल्क उपचार हुन्छ भन्ने सुनेको थिएँ, हामीलाई त घरमा पठाइदिए’ उनले अनलाइनखबरसँग भनेका छन् ।

संक्रमित गर्भवतीको स्वास्थ्य रेखदेख गर्दै आएका स्थानीय स्वास्थ्यकर्मी जितेन्द्र शर्मा पनि अस्पतालमा राखेर उपचार गर्दा राम्रो हुने बताउँछन् । ‘चिकित्सकको परामर्श लिइरहेका छौं, तर अक्सिजन चढाउनु पर्ने अवस्थामा हुनुहुन्छ’ उनले भने, ‘पहिला दमको बिरामी भएकाले अस्पतालमा लैजान पाएको भए हुन्थ्यो ।’

नेशनल मेडिकल कलेजका कोभिड फोकल पर्सा डा. असरफ हुसैनले भने मृगौला रोगी, गर्भवती तथा सुत्केरी संक्रमितलाई राख्ने व्यवस्था नभएको बताए । सम्झौता गर्दा नै यस्ता बिरामी नराख्ने भनी प्रष्ट लेखिएको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले घुमाउरो शैलीमा त्यसलाई स्वीकार गरे । ‘शल्यक्रिया गर्नुपर्ने अवस्थाका संक्रमितलाई उपचारका लागि अफिन (निजी स्वास्थ्य संस्था) को तर्फबाट आशाराम अस्पतालसँग शुक्रबार सम्झौता गर्नुपर्ने हो, तर नारायणी अस्पतालले सम्झौता हुन नसकेको जानकारी गराएको छ’ उनले भने ‘गर्भवतीलाई घरमा राखिएको विषयमा तपाईबाटै जानकारी आएको हो, नारायणी अस्पताललाई नै आवश्यक बन्दोबस्त मिलाउन भनेको छु ।’

Previous Post

बझाङमा एउटा घटना गाउँमै मिलाउँदा अर्को बलात्कार र हत्या

Next Post

सेनिटाइजरमा विषाक्त रसायन भेटिएपछि नौ उद्योगका उत्पादनमा प्रतिबन्ध

admin

admin

Next Post

सेनिटाइजरमा विषाक्त रसायन भेटिएपछि नौ उद्योगका उत्पादनमा प्रतिबन्ध

Discussion about this post

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७७ आश्विन १२, सोमबार ०८:४५ गते
मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७७ आश्विन १२, सोमबार ०८:४५ गते
जानकी माताको दर्शन शहित आजको राशिफल हेर्नुहोस

जानकी माताको दर्शन सहित आजको राशिफल पढ्नुहोस

२०७७ आश्विन १२, सोमबार ०८:४५ गते
सिरहा ४ ‘क’मा जनमतका त्रिभुवन साह जित्नसक्ने चार फ्याक्टर

सिरहा ४ ‘क’मा जनमतका त्रिभुवन साह जित्नसक्ने चार फ्याक्टर

२०७७ आश्विन १२, सोमबार ०८:४५ गते

सिरहाको एक युवकको कोरोना संक्रमणबाट मृत्यु !

एसईईको नतिजा प्रकाशन गर्न थप केहि दिन लाग्ने

सिरहामा राहत बितरण गर्ने क्रममा १३ राउण्ड फायर !

नेपालमा रहेका भारतीय नागरिकले अब आफ्नो विवरण दर्ता गराउनु पर्ने

नेपालमा रहेका भारतीय नागरिकले अब आफ्नो विवरण दर्ता गराउनु पर्ने

मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७७ आश्विन १२, सोमबार ०८:४५ गते
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७७ आश्विन १२, सोमबार ०८:४५ गते
उपप्रधानमन्त्री रवि लामिछानेको नागरिकताबारे आज सर्वोच्चमा छलफल हुने

उपप्रधानमन्त्री रवि लामिछानेको नागरिकताबारे आज सर्वोच्चमा छलफल हुने

२०७७ आश्विन १२, सोमबार ०८:४५ गते
महानगर चलाउन सिक्दैछन् मेयर बालेन !

बालेन भर्सेस निर्वाचन आयोग : पुस २० गतेका लागि संवैधानिक इजलासमा पेसी तोकियो

२०७७ आश्विन १२, सोमबार ०८:४५ गते

Recent News

मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७७ आश्विन १२, सोमबार ०८:४५ गते
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७७ आश्विन १२, सोमबार ०८:४५ गते
उपप्रधानमन्त्री रवि लामिछानेको नागरिकताबारे आज सर्वोच्चमा छलफल हुने

उपप्रधानमन्त्री रवि लामिछानेको नागरिकताबारे आज सर्वोच्चमा छलफल हुने

२०७७ आश्विन १२, सोमबार ०८:४५ गते
महानगर चलाउन सिक्दैछन् मेयर बालेन !

बालेन भर्सेस निर्वाचन आयोग : पुस २० गतेका लागि संवैधानिक इजलासमा पेसी तोकियो

२०७७ आश्विन १२, सोमबार ०८:४५ गते
Janaki Post

We bring you the best Premium WordPress Themes that perfect for news, magazine, personal blog, etc. Check our landing page for details.

Follow Us

Browse by Category

  • Bagmati Province
  • Climate and Enviroment
  • Covid-19
  • Culture and Arts
  • Curret Affairs
  • Education
  • Entertainment
  • Featured
  • Finance
  • Fitness
  • Games and Sports
  • Heath and Fitness
  • Horoscope
  • International
  • Local Level Election 2079
  • Lumbini Province
  • Madhesh Province
  • National
  • Nepal Government
  • Opinion
  • Politics
  • Province No. 1
  • Science and Technology
  • Social Crime
  • Uncategorized

Recent News

मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७७ आश्विन १२, सोमबार ०८:४५ गते
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७७ आश्विन १२, सोमबार ०८:४५ गते
  • Home 1
  • अर्थ/वाणिज्य
  • गृहपृष्ठ
  • जीवनशैली
  • मनोरन्जन
  • राजनीतिक
  • विचार
  • समाचार
  • स्वास्थ्य

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.