Janaki Post
  • गृहपृष्ट
  • अर्थ/वाणिज्य
  • मनोरन्जन
  • राजनीतिक
  • विचार
  • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ट
  • अर्थ/वाणिज्य
  • मनोरन्जन
  • राजनीतिक
  • विचार
  • स्वास्थ्य
No Result
View All Result
Janaki Post
No Result
View All Result
Bottom Nav bar (Mobile Responsive)
home Home trending_up Trending update Breaking News newspaper newspaper
Home Featured

‘रंगेहात समागम’ भन्दै जनप्रतिनिधिले बलात्कारको घटना ५ लाखमा मिलाए



admin admin
२०७७ आश्विन २६, सोमबार ०९:०९ गते

जानकी पोस्ट , २६ असोज, विराटनगर ।   मोरङको धनपालनाथ गाउँपालिकामा जनप्रतिनिधिकै रोहबरमा बलात्कारको घटनामा मिलापत्र गराइएको छ । पीडित युवतीलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति दिने भनेर उधारोमा मिलापत्र गराइए पनि पीडक पक्षले रकम नदिएपछि पीडित पक्ष प्रहरीसमक्ष पुगेको छ ।

उधारो मिलापत्र गरिएको कागजमा धनपालथान गाउँपालिका – ५ कि वडा सदस्य नेपालदेवी खवास र बेलबारी नगरपालिका– ८ का वडा सदस्य प्रवीणकुमार खवासले समेत हस्ताक्षर गरेका छन् ।

 

 

धनपालथान गाउँपालिकाकी एकजना २१ वर्षीया युवतीमाथि भएको बलात्कारको घटना जनप्रतिनिधिले गाउँमै मिलापत्र गराएका हुन् । मिलापत्रमा दुईजना जनप्रतिनिधिसहित स्थानीय पञ्च भलाद्मीले हस्ताक्षर गरेका छन् ।

घटनामा पीडित भनिएकी युवती अर्काको घरमा काम गर्न बस्थिन् । ३३ वर्षका युवकचाहिँ जनप्रतिनिधिका नातेदार हुन् ।

बलात्कारको मूल्य पाँच लाख ?

घटना गत २४ भदौ बेलुका ६ बजेतिरको हो । स्थानीयका अनुसार धनपालथानमा नहर छेउको धानबालीमा युरिया मल छर्न गएका बेला बेलबारी नगरपालिका– ८ का ३३ वर्षीय सुरेश खवास २१ वर्षीया युवतीलाई करणी गरेका थिए ।

बेलुका धानबारीमा खवासले जवरजस्ती करणी गरेको आफन्तको आरोप छ । धानबालीमा आपत्तिजनक अवस्थामा भेटेपछि खवासलाई स्थानीयले नियन्त्रणमा लिएका थिए ।

पीडित युवतीका मामाले दिएको जानकारीअनुसार घटनापछि भोलिपल्ट बिहान उजुरीका लागि प्रहरी कार्यालय जाने तयारी थियो । तर, गाउँको घटना गाउँमै मिलाउने भन्दै समाजले रोक्यो । बिहान समाज बसेर मिलापत्रका लागि छलफल भयो र पीडिकका तर्फबाट ५ लाख रुपैयाँ दिने कथित ‘मिलापत्र’ मा हस्ताक्षर भयो । गाउँका अगुवा र जनप्रतिनिधि सम्मिलित भेलाले किशोरीमाथि भएको करणीको मूल्य पाँचलाख तोकिदियो ।

आर्थिक अवस्था विभिन्न भएका कारण पीडित परिवारले प्रश्न गर्न सकेन । समाजको डरले प्रहरीलाई जानकारी गराउन पनि सकेन । भदौ २५ गते गरिएको उधारो कागजमा असोज ९ गतेसम्म ५ लाख रुपैयाँ दिने लेखिएको थियो । कागजमा युवकलाई ‘समागममा रंगेहात समातिएको’ व्यहोरा उल्लेख छ ।

तर, मिलापत्र भएको घटनाको जानकारी पाएपछि प्रहरीले आइतबार पीडित पक्षलाई बोलाएर सोधपुछ गरेको छ । र, किशोरीको वयानपछि इलाका प्रहरी कार्यालय रंगेलीले जाहेरी लिएर अनुसन्धान सुरु गरेको रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले अनलाइनखबरलाई जानकारी दिए ।

दुईपटक पञ्चायत, प्रहरी कार्यालय पुग्न अवरोध

पीडकले युवतीलाई ललाई फकाई खेतमा लगेर करणी गरेको युवतीका मामाले अनलाइनखबरलाई बताए । उनले भने, ‘घटनापछि प्रहरीमा जानकारी दिन भनेर हामी आउन खोजेका थियौं, तर प्रहरीमा जान दिएनन्, जनप्रतिनिधिहरुले नै गाउँको घटना गाउँमै मिलाउनुपर्छ भन्दै पञ्चायत बसाए ।’

बलात्कार मुद्दामा मिलापत्र गराउन बसेको पञ्चायतमा पीडिकपक्षबाट ५÷७ जना आएका थिए । पीडित युवतीले काम गर्ने घर पीडककै आफन्तको भएका कारण पैसा दिएर मिलाउने पक्षमा सबै लागि परे ।

छलफलमा सहभागी एक स्थानीयका अनुसार छलफलमा दुईजनाको विवाह गराइदिने विषय पनि उठेको थियो । तर, पीडिक विवाहित भएका कारण युवतीलाई जिम्मा लिन मानेनन् । त्यसैले युवतीको बिहे खर्च र क्षतिपूर्ति बापत पाँचलाख दिने कागज भयो ।

तर, तोकिएको भाकामा पीडिक पक्षले रकम नदिएपछि २५ भदौमा बैठक राख्न भूमिका खेलेकी वडा सदस्य नेपालदेवी खवासको घरमा फेरि छलफल भयो । छलफलमा पीडक पक्षलाई बोलाइयो । तर, आएनन् ।

आज, भोलि भन्दै पीडक पक्ष रकम नदिई पन्छिएपछि गाउँमा गुपचुप राख्ने भनिएको घटना बाहिर आयो । घटनाका बारेमा जानकारी आएपछि किशोरीलाई बोलाएर सोधपुछ गरिएको प्रहरीको भनाइ छ । किशोरीको परिवार विपन्न भएको र पीडिक जनप्रतिनिधिकै आफन्त भएका कारण गाउँमै घटना लुकाउन खोजेको प्रहरीको विश्लेषण छ ।

के भन्छन् जनप्रतिनिधि ?

यस्तो जघन्य अपराधमा किन मिलापत्र गराइएको भन्ने प्रश्न गर्दा कागजमा हस्ताक्षर गर्ने जनप्रतिनिधिले कुनै गल्ती महसुस गरेनन् । एकजना जनप्रतिनिधिले त अहिल्यै ५ लाख दिँदा ‘केटा पक्ष’ घाटा पर्न सक्नेखालको तर्क गरे ।

‘पाँच लाख दिने सहमति भए पनि युवतीको गर्भ रहेको अवस्थामा केटा पक्षलाई थप समस्या पर्ने हुँदा तत्काल पैसा नदिइएको बेलबारी नगरपालिका– ८ का वडा सदस्य खवासले बताए । उनले भने, ‘पाँच लाख दिने सहमति भएको हो । तर, पैसा दिनुअघि गर्भ रहे–नरहेको जाँच गर्नुपर्छ भन्ने कुरा उठ्यो । जाँच नगरी दिँदा यदि गर्भ थियो भने त पैसा पनि जान्छ, मान्छे पनि (किशोरी) ल्याउनुपर्छ ।’

वडा सदस्य खवासका अनुसार पीडक भनिएका युवकले युवतीलाई खेतमा युरिया हाल्नका लागि सघाउन गर्न भन्दै लगेका थिए ।

धनपालनाथ गाउँपालिका– ५ की वडा सदस्य नेपालीदेवी खवासले छलफलमा आफू पनि बसेको स्वीकारिन् । मिलापत्रका लागि बसेको समाजले पाँच लाख दिने निर्णय सुनाएको उनले बताइन् । तर, युवकका बुवाको स्वास्थ्यअवस्था खराब भएकाले क्षतिपूर्ति समयमै दिन नसकेको बताउँदै उनले पीडकप्रति सहानुभूति जनाइन् ।

प्रहरी भन्छ– सबैलाई कारवाही हुन्छ

जबरजस्ती करणीजस्तो जघन्य अपराधमा मिलापत्र गराएको कागज भेटेपछि प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले  बताए ।

मिलापत्र गराउने सबैलाई कानुनी दायरमा ल्याउने उनले बताउँदै उनले भने, ‘जाहेरी परेपछि अनुसन्धान सुरु गरेका छौं । मिलापत्र गराउने पनि कारवाहीको दायरामा आउँछन् ।’

Previous Post

‘यसपालिको चाडवाड घरमै बसेर मनाऔं’

Next Post

विदेशी मदिरा आयातको प्रतिवन्ध फुकुवा

admin

admin

Next Post

विदेशी मदिरा आयातको प्रतिवन्ध फुकुवा

Discussion about this post

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७७ आश्विन २६, सोमबार ०९:०९ गते
मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७७ आश्विन २६, सोमबार ०९:०९ गते
जानकी माताको दर्शन शहित आजको राशिफल हेर्नुहोस

जानकी माताको दर्शन सहित आजको राशिफल पढ्नुहोस

२०७७ आश्विन २६, सोमबार ०९:०९ गते
सिरहा ४ ‘क’मा जनमतका त्रिभुवन साह जित्नसक्ने चार फ्याक्टर

सिरहा ४ ‘क’मा जनमतका त्रिभुवन साह जित्नसक्ने चार फ्याक्टर

२०७७ आश्विन २६, सोमबार ०९:०९ गते

सिरहाको एक युवकको कोरोना संक्रमणबाट मृत्यु !

एसईईको नतिजा प्रकाशन गर्न थप केहि दिन लाग्ने

सिरहामा राहत बितरण गर्ने क्रममा १३ राउण्ड फायर !

नेपालमा रहेका भारतीय नागरिकले अब आफ्नो विवरण दर्ता गराउनु पर्ने

नेपालमा रहेका भारतीय नागरिकले अब आफ्नो विवरण दर्ता गराउनु पर्ने

मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७७ आश्विन २६, सोमबार ०९:०९ गते
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७७ आश्विन २६, सोमबार ०९:०९ गते
उपप्रधानमन्त्री रवि लामिछानेको नागरिकताबारे आज सर्वोच्चमा छलफल हुने

उपप्रधानमन्त्री रवि लामिछानेको नागरिकताबारे आज सर्वोच्चमा छलफल हुने

२०७७ आश्विन २६, सोमबार ०९:०९ गते
महानगर चलाउन सिक्दैछन् मेयर बालेन !

बालेन भर्सेस निर्वाचन आयोग : पुस २० गतेका लागि संवैधानिक इजलासमा पेसी तोकियो

२०७७ आश्विन २६, सोमबार ०९:०९ गते

Recent News

मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७७ आश्विन २६, सोमबार ०९:०९ गते
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७७ आश्विन २६, सोमबार ०९:०९ गते
उपप्रधानमन्त्री रवि लामिछानेको नागरिकताबारे आज सर्वोच्चमा छलफल हुने

उपप्रधानमन्त्री रवि लामिछानेको नागरिकताबारे आज सर्वोच्चमा छलफल हुने

२०७७ आश्विन २६, सोमबार ०९:०९ गते
महानगर चलाउन सिक्दैछन् मेयर बालेन !

बालेन भर्सेस निर्वाचन आयोग : पुस २० गतेका लागि संवैधानिक इजलासमा पेसी तोकियो

२०७७ आश्विन २६, सोमबार ०९:०९ गते
Janaki Post

We bring you the best Premium WordPress Themes that perfect for news, magazine, personal blog, etc. Check our landing page for details.

Follow Us

Browse by Category

  • Bagmati Province
  • Climate and Enviroment
  • Covid-19
  • Culture and Arts
  • Curret Affairs
  • Education
  • Entertainment
  • Featured
  • Finance
  • Fitness
  • Games and Sports
  • Heath and Fitness
  • Horoscope
  • International
  • Local Level Election 2079
  • Lumbini Province
  • Madhesh Province
  • National
  • Nepal Government
  • Opinion
  • Politics
  • Province No. 1
  • Science and Technology
  • Social Crime
  • Uncategorized

Recent News

मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७७ आश्विन २६, सोमबार ०९:०९ गते
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७७ आश्विन २६, सोमबार ०९:०९ गते
  • Home 1
  • अर्थ/वाणिज्य
  • गृहपृष्ठ
  • जीवनशैली
  • मनोरन्जन
  • राजनीतिक
  • विचार
  • समाचार
  • स्वास्थ्य

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.