Janaki Post
  • गृहपृष्ट
  • अर्थ/वाणिज्य
  • मनोरन्जन
  • राजनीतिक
  • विचार
  • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ट
  • अर्थ/वाणिज्य
  • मनोरन्जन
  • राजनीतिक
  • विचार
  • स्वास्थ्य
No Result
View All Result
Janaki Post
No Result
View All Result
Bottom Nav bar (Mobile Responsive)
home Home trending_up Trending update Breaking News newspaper newspaper
Home Featured

बालिका हत्याको विरोधमा बर्दिबास तनावग्रस्त, प्रहरीको गोली लागेर ३ जना घाइते

admin admin
२०७७ मंसिर ९, मंगलवार १६:२२ गते

९ मंसीर, जनकपुरधाम । महोत्तरीको बर्दिबासमा बालिकाको बलात्कारपछि हत्या भएको भन्दै विरोधमा उत्रिएका स्थानीयमाथि प्रहरीले गोली चलाएको छ ।

प्रहरीले चलाएको गोली लागेर तीन जना गम्भीर घाइते भएका छन् । मंगलबार बिहान ७ बजेदेखि सुरु भएको प्रदर्शनका कारण यहाँको अवस्था अहिले तनावग्रस्त बनेको छ ।

६ वर्षीया बालिका हत्याको विरोधमा पूर्वपश्चिम राजमार्गस्थित बर्दिबासमा विरोध प्रदर्शनको क्रममा प्रहरीले राजमार्ग खुलाउन चलाएको गोली लागेर तीन जना स्थानीय घाइते भएका हुन् ।

बालिका हत्याको विरोध गर्दै बालिकाको शव स्थानीयहरुले महोत्तरीको बर्दिबास नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गमै राखेर प्रदर्शन गर्ने क्रममा स्थितिलाई नियन्त्रणमा लिन र राजमार्ग खुलाउन दर्जनौं राउण्ड अश्रु ग्यास र गोली समेत चलाएको हो ।

घाइते हुनेमा बर्दिवासकै श्याम कार्की, सञ्जय न्यौपाने र नाम खुल्न नसकेका अर्काे एकजना छन् । श्यामको टाउकोमा गोली लागेको छ भने सञ्जयको खुट्टामा गोली लागेको छ । गम्भीर घाइते दुई जनालाई हेलिकप्टरबाट काठमाडौं पठाइएको छ भने एकजनाको बर्दिवासस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रदर्शनकारीले पूर्वपश्चिम राजमार्गमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीले ढुँगामुढा गरेपछि अश्रु ग्यास प्रहार तथा हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ ।

प्रदर्शनलाई नियन्त्रणमा लिन ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

बर्दिबास १४ निवासी शहीद आलमकी ६ वर्षीया छोरी गुलाब खातुनको हत्या भएको छ । आइतबार साँझदेखि बेपत्ता भएकी उनको शव सोमबार राति १ बजेतिर घर नजिकैको खाली खेतमा फेला परेको छ ।

बालिकाको हत्याको आरोपमा प्रहरीले गौशाला नगरपालिका ५ घर भई बर्दिबासमा किराना पसल गर्दै आएका अरुणकुमार साहलाई पक्राउ गरेको छ ।

प्रदर्शनकारीले साहको बर्दिवासस्थित घरमा आगजनी समेत गरेका छन् ।

प्रदर्शनकारीले पटक–पटक साहले घट्ना घटाएककाले उनलाई धराौटीमा छुट्न नपाउने गरी आजीवन कैद सजया हुनुपर्ने, उनको घर भत्काएर स्मृति पार्क बनाउनुपर्ने, हरेक घट्नामा उनको अभिभावक पनि संलग्न रहेकाले मतियारको रुपमा उनीहरुलाई पनि सजाय हुनुपर्नेसहितका माग राखेका छन् ।

Previous Post

बर्दिबासमा ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या, बलात्कारीलाई कार्बाही माग गर्दै राजमार्ग बन्द

Next Post

डा. राउत र कथित मधेशी नेताको एउटै नीति – भोलाजित नेपाल सिंह

admin

admin

Next Post

डा. राउत र कथित मधेशी नेताको एउटै नीति - भोलाजित नेपाल सिंह

Discussion about this post

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७७ मंसिर ९, मंगलवार १६:२२ गते
मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७७ मंसिर ९, मंगलवार १६:२२ गते
जानकी माताको दर्शन शहित आजको राशिफल हेर्नुहोस

जानकी माताको दर्शन सहित आजको राशिफल पढ्नुहोस

२०७७ मंसिर ९, मंगलवार १६:२२ गते
सिरहा ४ ‘क’मा जनमतका त्रिभुवन साह जित्नसक्ने चार फ्याक्टर

सिरहा ४ ‘क’मा जनमतका त्रिभुवन साह जित्नसक्ने चार फ्याक्टर

२०७७ मंसिर ९, मंगलवार १६:२२ गते

सिरहाको एक युवकको कोरोना संक्रमणबाट मृत्यु !

एसईईको नतिजा प्रकाशन गर्न थप केहि दिन लाग्ने

सिरहामा राहत बितरण गर्ने क्रममा १३ राउण्ड फायर !

नेपालमा रहेका भारतीय नागरिकले अब आफ्नो विवरण दर्ता गराउनु पर्ने

नेपालमा रहेका भारतीय नागरिकले अब आफ्नो विवरण दर्ता गराउनु पर्ने

मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७७ मंसिर ९, मंगलवार १६:२२ गते
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७७ मंसिर ९, मंगलवार १६:२२ गते
उपप्रधानमन्त्री रवि लामिछानेको नागरिकताबारे आज सर्वोच्चमा छलफल हुने

उपप्रधानमन्त्री रवि लामिछानेको नागरिकताबारे आज सर्वोच्चमा छलफल हुने

२०७७ मंसिर ९, मंगलवार १६:२२ गते
महानगर चलाउन सिक्दैछन् मेयर बालेन !

बालेन भर्सेस निर्वाचन आयोग : पुस २० गतेका लागि संवैधानिक इजलासमा पेसी तोकियो

२०७७ मंसिर ९, मंगलवार १६:२२ गते

Recent News

We bring you the best Premium WordPress Themes that perfect for news, magazine, personal blog, etc. Check our landing page for details.

Follow Us

Browse by Category

  • Bagmati Province
  • Climate and Enviroment
  • Covid-19
  • Culture and Arts
  • Curret Affairs
  • Education
  • Entertainment
  • Featured
  • Finance
  • Fitness
  • Games and Sports
  • Heath and Fitness
  • Horoscope
  • International
  • Local Level Election 2079
  • Lumbini Province
  • Madhesh Province
  • National
  • Nepal Government
  • Opinion
  • Politics
  • Province No. 1
  • Science and Technology
  • Social Crime
  • Uncategorized

Recent News

मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७७ मंसिर ९, मंगलवार १६:२२ गते
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७७ मंसिर ९, मंगलवार १६:२२ गते
  • Home 1
  • अर्थ/वाणिज्य
  • गृहपृष्ठ
  • जीवनशैली
  • मनोरन्जन
  • राजनीतिक
  • विचार
  • समाचार
  • स्वास्थ्य

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.