Janaki Post
  • गृहपृष्ट
  • अर्थ/वाणिज्य
  • मनोरन्जन
  • राजनीतिक
  • विचार
  • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ट
  • अर्थ/वाणिज्य
  • मनोरन्जन
  • राजनीतिक
  • विचार
  • स्वास्थ्य
No Result
View All Result
Janaki Post
No Result
View All Result
Bottom Nav bar (Mobile Responsive)
home Home trending_up Trending update Breaking News newspaper newspaper
Home Covid-19

यस पालीको विवाहपञ्चमी खल्लो

admin admin
२०७७ पुष १, बुधबार १२:२५ गते

जनकपुरधाम : यस क्षेत्रकै सबैभन्दा विशिष्ट र भव्य रूपमा मनाइने रामजानकी विवाहपञ्चमी महोत्सव यस वर्ष औपचारिकतामा सीमित भएको छ।

विगतमा महोत्सवको रमझम एक महिना पहिलेदेखि नै सुरु हुन्थ्यो। होटल, धर्मशाला, लज र सर्वसाधारणका घरहरू महोत्सव हेर्न आउने पाहुनाहरूले भरिभराउ हुन्थे। १५ दिनअगावै जानकी मन्दिरमा मिथिलानीहरूले मंगलगान गाउन सुरु गर्थे। तर, यस वर्ष भने सबै सुनसान छ।

मन्दिरमा पनि खासै चहलपहल छैन। महोत्सव यसवर्ष परम्परा निर्वाह गर्ने किसिमले मात्रै मनाइने भएको छ। मंसिर शुक्लपक्ष पञ्चमी तिथिका दिन लाखौं श्रद्धालुहरूको सहभागितामा प्रत्येक वर्ष रामसीता विवाहमहोत्सव मनाउने गरिन्छ। परापूर्वकालमा भगवान राम र सीताबीच गाँसिएको वैवाहिक सम्बन्धलाई हालसम्म पनि जीवन्त बनाउने यो विवाहपञ्चमी यस वर्ष पुस ४ गते परेको छ। तर, महोत्सवको तयारी भने छैन।

कोरोना महामारीले गर्दा सामान्य र परम्परा निर्वाह गर्न मात्रै विवाहपञ्चमी मनाउन लागिएको विवाहपञ्चमी महोत्सव मूल समारोह समितिका अध्यक्ष एवं जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बताउँछन्। विवाहपञ्चमीमा हुने अति आवश्यक विधिहरू सामान्य रूपमा सम्पन्न गरिने र सीताराम वैवाहिक समारोह पनि जानकी मन्दिर भित्रै गर्ने तयारी रहेको छ। गत वर्षहरूमा वैवाहिक समारोह जानकी मन्दिरको प्रांगणमा हुने गथ्र्यो र त्यसमा सहभागी हुन लाखौं श्रद्धालु जनकपुर आउने गर्थे। महामारीको कारण सामान्य रूपमै महोत्सव मनाउने आयोजकको आग्रह अनुरूप नै यस वर्ष पर्वलाई निरन्तरता मात्र दिन लागिएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले बताए।

महोत्सवमा सहभागी हुन अधिकांश साधुसन्त भारतबाट आउने गर्थे। तर, यस वर्ष नेपाल भारत सीमा बन्द गरिएको हुँदा अतिथिलाई पनि आमन्त्रण गरिएको छैन। विगतका वर्षहरूमा भारतको अयोध्याबाट साधुसन्तहरूको टोली जन्ती बनेर जनकपुर आउथ्यो। यहाँ जानकी मन्दिरले जन्तीको भव्य स्वागत गरी रंगभूमि मैदानमा जानकीको डोला र रामको डोलाबीच स्वयंम्बर समारोह गरिन्थ्यो। सोही दिन साँझ भव्य मण्डपमा विवाह रामसीताको विवाह हुन्थ्यो।

विवाहको भोलिपल्ट रामकलेवा (जन्तीहरूको लागि विशेष भोज) को आयोजन गरेर सबै साधुसन्तलाई ससम्मान उपहारसहित बिदाइ गरेपछि महोत्सव सकिन्थ्यो।

Previous Post

सिरहाको सन्तोष कोदोको खिर बनाएर बीबीसी मास्टर सेफको टप ४ मा पुगे

Next Post

विदेशमा कम्पनी टुटेपछी गैर आवासिय मधेशी संघ बने सहारा, धनुषाका २ जना उद्वार

admin

admin

Next Post

विदेशमा कम्पनी टुटेपछी गैर आवासिय मधेशी संघ बने सहारा, धनुषाका २ जना उद्वार

Discussion about this post

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७७ पुष १, बुधबार १२:२५ गते
मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७७ पुष १, बुधबार १२:२५ गते
जानकी माताको दर्शन शहित आजको राशिफल हेर्नुहोस

जानकी माताको दर्शन सहित आजको राशिफल पढ्नुहोस

२०७७ पुष १, बुधबार १२:२५ गते
सिरहा ४ ‘क’मा जनमतका त्रिभुवन साह जित्नसक्ने चार फ्याक्टर

सिरहा ४ ‘क’मा जनमतका त्रिभुवन साह जित्नसक्ने चार फ्याक्टर

२०७७ पुष १, बुधबार १२:२५ गते

सिरहाको एक युवकको कोरोना संक्रमणबाट मृत्यु !

एसईईको नतिजा प्रकाशन गर्न थप केहि दिन लाग्ने

सिरहामा राहत बितरण गर्ने क्रममा १३ राउण्ड फायर !

नेपालमा रहेका भारतीय नागरिकले अब आफ्नो विवरण दर्ता गराउनु पर्ने

नेपालमा रहेका भारतीय नागरिकले अब आफ्नो विवरण दर्ता गराउनु पर्ने

मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७७ पुष १, बुधबार १२:२५ गते
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७७ पुष १, बुधबार १२:२५ गते
उपप्रधानमन्त्री रवि लामिछानेको नागरिकताबारे आज सर्वोच्चमा छलफल हुने

उपप्रधानमन्त्री रवि लामिछानेको नागरिकताबारे आज सर्वोच्चमा छलफल हुने

२०७७ पुष १, बुधबार १२:२५ गते
महानगर चलाउन सिक्दैछन् मेयर बालेन !

बालेन भर्सेस निर्वाचन आयोग : पुस २० गतेका लागि संवैधानिक इजलासमा पेसी तोकियो

२०७७ पुष १, बुधबार १२:२५ गते

Recent News

We bring you the best Premium WordPress Themes that perfect for news, magazine, personal blog, etc. Check our landing page for details.

Follow Us

Browse by Category

  • Bagmati Province
  • Climate and Enviroment
  • Covid-19
  • Culture and Arts
  • Curret Affairs
  • Education
  • Entertainment
  • Featured
  • Finance
  • Fitness
  • Games and Sports
  • Heath and Fitness
  • Horoscope
  • International
  • Local Level Election 2079
  • Lumbini Province
  • Madhesh Province
  • National
  • Nepal Government
  • Opinion
  • Politics
  • Province No. 1
  • Science and Technology
  • Social Crime
  • Uncategorized

Recent News

मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७७ पुष १, बुधबार १२:२५ गते
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७७ पुष १, बुधबार १२:२५ गते
  • Home 1
  • अर्थ/वाणिज्य
  • गृहपृष्ठ
  • जीवनशैली
  • मनोरन्जन
  • राजनीतिक
  • विचार
  • समाचार
  • स्वास्थ्य

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.