Janaki Post
  • गृहपृष्ट
  • अर्थ/वाणिज्य
  • मनोरन्जन
  • राजनीतिक
  • विचार
  • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ट
  • अर्थ/वाणिज्य
  • मनोरन्जन
  • राजनीतिक
  • विचार
  • स्वास्थ्य
No Result
View All Result
Janaki Post
No Result
View All Result
Bottom Nav bar (Mobile Responsive)
home Home trending_up Trending update Breaking News newspaper newspaper
Home Featured

अनलाइनबाट पुनः श्रम स्वीकृति लिने तरिका



admin admin
२०७७ पुष १८, शनिबार ०८:५७ गते

जानकि पोस्ट ,१७ पुस, काठमाडौं । वैदेशिक रोजगार विभागले शुक्रबारदेखि अनलाइन माध्यमबाट पुनः श्रम स्वीकृति दिन सुरु गरेको छ । श्रम स्वीकृति लिनका लागि श्रम कार्यालय जानै पर्ने बाध्यताबाट सेवाग्राहीलाई मुक्ति दिन भन्दै विभागले अनलाइनबाटै श्रम स्वीकृति दिन सुरु गरेको हो ।

शुक्रबार पहिलो दिन भएका कारण अनलाइन माध्यमबाट पुनः श्रम स्वीकृति लिनेको चाप देखिएन । पुनः श्रम स्वीकृति लिन चाहने व्यक्तिले म्यादी जीवन बिमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाइनमार्फत आवेदन दिन सक्नेछन्

प्रक्रिया शुरु गर्नु भन्दा पहिले

अनलाइनबाट पुनः श्रम स्वीकृति लिनुअघि तपाईले ७ थरी कागजात सकंलन गरी राख्नुपर्छ । विवरण भर्दा आफूले प्रयोग गर्ने इमेल ठेगाना र मोवाइल नम्बर पनि आफ्नै भर्नुपर्छ । किनकी त्यहाँ आवश्यक सूचना प्राप्त हुनेछन् ।

तपाईलाई चाहिने कागजपत्र

१. पासपोर्ट साइजको फोटोको स्क्यान कपी
२. राहदानीको पेज २, ३ र ३१ को स्क्यान कपी
३. भिसाको स्क्यान कपी
४. पुरानो भिसा भए सो राहदानी र हालको भिसा दुबैको स्क्यान कपी ।
५. अध्यागमन कार्यालयले राहदानीमा लगाएको डिपार्चर र अराइभल स्टाम्प भएको राहदानीको पानाको स्क्यान कपी ।
६. यसअघि श्रम स्वीकृति पाएको भन्दा फरक रोजगारदाताकोमा काम गर्न जाने कामदारको लागि रोजगारदाताले उपलब्ध गराएको जब अफर लेटर वा सम्झौता पत्रको स्क्यान कपी ।
७. रोजगारदाता मुलकस्थित नेपाली दूतावास वा नियोगको प्रमाणीकरण पत्र आवश्यक पर्ने भनि तोकिएको अवस्थामा सोको स्क्यान कपी र अन्य कुनै प्रमाण कागजातहरु भए ती सबै स्क्यान गरेर तयारी अवस्थामा राख्नु पर्नेछ ।

यी कागजात संकलन गरेपछि अब तपाई अनलाइनमा फारम भर्न सुरु गर्नुहोस् ।

स्टेप १

सुरुमा धधध।मयाभ।नयख।लउ मा गई अनलाइन श्रम स्वीकृतिमा क्लिक गर्नुहोस् । अथवा तपाईले सिधै धधध।ाझष्क।मयाभ।नयख।लउ मा गएर पनि खोल्न सक्नु हुनेछ ।
तपाईले यसअघि श्रम स्वीकृति लिनु भएको छ भने पासवर्ड तपाईसँगै सुरक्षित हुनेछ । तपाईले सो युजरनेम र पासवर्ड प्रयोग गरी साइन इन गर्न सक्नुहुनेछ ।

सो युजरनेम र पासवर्ड प्रयोग गरी अर्को पटक श्रम स्वीकृति लिन, श्रम स्वीकृतिको अवस्थाको अवस्था थाहा पाउन, वैदेशिक रोजगार विभागमा कुनै उजुरी वा गुनासो गर्न र वैदेशिक रोजगारसम्बन्धी विवरणहरु हेर्नका लागि आवश्यक पर्ने भएकाले तपाईले यो सुरक्षित राख्नु पर्नेछ ।

स्टेप २

स्टेप एकका सबै प्रक्रियाहरु पूरा गरिसकेपछि तपाईंको व्यक्तिगत विवरण सहितको प्रोफाइल खुल्नेछ । प्रोफाइल पेजमा रहेको तपाईको व्यक्तिगत विवरण अद्यावधिक गर्नुपर्ने भएमा प्रोफाइल मेनुमा क्लिक गरेपछि देखा पर्ने इडिट अप्सनमा क्लिक गरी अद्यावधि गर्न सक्नु हुनेछ ।

प्रोफाइल पेजमा स्टार चिह्न भएकाहरु सबै अनिवार्य भर्नुपर्ने हुन्छ । यसअघि पुरानो पासपोर्टबाट श्रम स्वीकृति पाएको तर अहिले नयाँ पासपोर्टबाट श्रम स्वीकृति लिनुपर्ने भएमा न्यू पासपोर्ट इन्फोमा गएर नयाँ पासपोर्टको विवरण भरेर सो पासपोर्टको २, ३ र ३१ पेजको स्क्यान कपी अपलोड गर्नुपर्छ । त्यसपछि तपाईले विवरण सवमिट बटनमा थिचेर सेभ गर्नुपर्नेछ ।

तपाईले भरेको विवरण ठीक छ कि छैन हेरेर यकिन गरी सच्याउनु पर्ने भएमा प्रोफाइल मेनुको इडिट बटनमा क्लिक गरी सच्याउन सक्नुहुनेछ । अर्को प्रक्रिया सुरु भइसकेपछि भने सच्याउन मिल्दैन ।

स्टेप ३

पुनः श्रम स्वीकृति माग गर्न रिइन्ट्री मेनुमा भएको इम्प्लोइमेन्ट डिटेल्समा क्लिक गर्ने र यसो गर्दा देखिएको एड न्यू बटनमा क्लिक गरी माग गरिएको विवरण भर्ने र माग गरिएका कागजातहरुको स्क्यान कपी समेत अपलोड गरेर सबमिट गर्नुपर्नेछ ।

स्टेप ४

स्वीकृति प्राप्त बिमा कम्पनीमा गई बिमा गर्नुहोस् र अनलाइनमा अपलोड भएको वा नभएको यकिन गर्नुहोस् ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट वैदेशिक रोजगार कल्याणकारी कोषको रकम जम्मा गर्न अनुमति पाएको कुनै बैंकमा गएर कल्याणकारी कोषको खातामा २ वर्षदेखि ३ वर्ष अवधि भए १ हजार ५ सय रुपैयाँ र ३ वर्ष भन्दा बढी समय भए २ हजार ५ सय रुपैयाँ रकम जम्मा गर्नु पर्ने हुन्छ । बैंकले रकम जम्मा भएको विवरण अनलाइनबाटै पठाउँछ ।

बिमा गर्न र कल्याणकारी कोषको रकम जम्मा गर्न मान्यता प्राप्त भुक्तानी सेवा प्रदायक संस्थाबाट समेत गर्न सकिनेछ ।

स्टेप ५

रि–इन्ट्रि मेनुमा भएको इन्डिभ्यूजअल रि–इन्ट्री रिक्वेस्टमा क्लिक गरी इन्स्योरेन्स र क्यास डिपोजिटमा ठीक चिह्न लागेको भएमा दाहिने कुनामा भएको एक्सन आइकन क्लिक गरी रिक्वेस्ट बटनमा क्लिक गर्नुहोस् । त्यसपछि आउने उपलब्ध शाखा र सो शाखाले उपलब्ध गराएको दिनको टोकन मिति छनोट गर्नुहोस् । हालका लागि अनलाइन श्रम स्वीकृतिका लागि अनलाइन ब्रान्च छान्न स्क्नुहुनेछ ।

माथिका सबै स्टेपहरु पूरा भएपछि अनलाइनमार्फत श्रम स्वीकृतिका लागि तपाईको आवेदन पेश हुन्छ । श्रम स्वीकृतिको निस्सा प्रिन्ट गर्न आवश्यक भएकामा प्रिन्ट गर्न सकिनेछ ।

विभागले पहिले आएको आवेदनलाई पहिलो नम्बरमा स्वतः मिलेर बस्ने व्यवस्था मिलाएको छ । स्वीकृति प्रदान भएपछि वा कुनै कारणले आवेदन अस्वीकृत गर्नुपर्ने भएमा कारण सहित फारम भर्दा उल्लेख गरेको मोवाइल वा इमेलमा सूचना जानेछ ।

माघ १ देखि सबै प्रकारका श्रम स्वीकृति अनलाइनबाटै

विभागले अहिले पुनः श्रम स्वीकृतिमात्रै अनलाइनबाट लिन सकिने व्यवस्था शुरु गरेको छ । तर आगामी १ माघदेखि भने सबै प्रकारका श्रम स्वीकृति अनलाइनबाटै लिन सकिने विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिए । उनका अनुसार यसका लागि विभागले आन्तरिक कामहरु पनि गरिसकेको छ ।

यो सेवा लागू भएसँगै पुनः श्रम स्वीकृति लिनका लागि विभागको कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य हुने पनि उनले बताए । एकपटक विभागबाट आईडी लिएका, फिङ्गर प्रिन्ट गराएका, बायोमेट्रिक लिइसकेका व्यक्तिहरुलाई पुरानै विवरणको आधारमा श्रम स्वीकृति दिने व्यवस्था मिलाइएपछि अनलाइनबाटै आवेदन दिएर निःशुल्क सेवा लिन सकिने व्यवस्था गरिएको दहालले बताए ।

नयाँ श्रम स्वीकृतिका लागि विभागले मेनपावर, मेडिकल र ओरेन्टेशन संस्थाहरुबाट बायोमेट्रिक विवरण तानेर अनलाइनबाट श्रम स्वीकृति दिने व्यवस्था गर्ने विषयमा छलफल गरिरहेको समेत दहालले बताए

अनलाइनबाट पुनः श्रम स्वीकृति लिने व्यवस्था शुरु भएकाले अब विदेशमा बसेका नेपालीहरुलाई श्रम स्वीकृति लिन नेपाल आउनुपर्ने बाध्यता हट्ने पनि दाहालले बताए ।

।

Previous Post

फिल्म ‘कौसिद’काे गणेशस्थान मुहूर्त

Next Post

रकम लेनदेन विवादमा नातेदारबाटै बालकको हत्या

admin

admin

Next Post

रकम लेनदेन विवादमा नातेदारबाटै बालकको हत्या

Discussion about this post

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७७ पुष १८, शनिबार ०८:५७ गते
मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७७ पुष १८, शनिबार ०८:५७ गते
जानकी माताको दर्शन शहित आजको राशिफल हेर्नुहोस

जानकी माताको दर्शन सहित आजको राशिफल पढ्नुहोस

२०७७ पुष १८, शनिबार ०८:५७ गते
सिरहा ४ ‘क’मा जनमतका त्रिभुवन साह जित्नसक्ने चार फ्याक्टर

सिरहा ४ ‘क’मा जनमतका त्रिभुवन साह जित्नसक्ने चार फ्याक्टर

२०७७ पुष १८, शनिबार ०८:५७ गते

सिरहाको एक युवकको कोरोना संक्रमणबाट मृत्यु !

एसईईको नतिजा प्रकाशन गर्न थप केहि दिन लाग्ने

सिरहामा राहत बितरण गर्ने क्रममा १३ राउण्ड फायर !

नेपालमा रहेका भारतीय नागरिकले अब आफ्नो विवरण दर्ता गराउनु पर्ने

नेपालमा रहेका भारतीय नागरिकले अब आफ्नो विवरण दर्ता गराउनु पर्ने

मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७७ पुष १८, शनिबार ०८:५७ गते
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७७ पुष १८, शनिबार ०८:५७ गते
उपप्रधानमन्त्री रवि लामिछानेको नागरिकताबारे आज सर्वोच्चमा छलफल हुने

उपप्रधानमन्त्री रवि लामिछानेको नागरिकताबारे आज सर्वोच्चमा छलफल हुने

२०७७ पुष १८, शनिबार ०८:५७ गते
महानगर चलाउन सिक्दैछन् मेयर बालेन !

बालेन भर्सेस निर्वाचन आयोग : पुस २० गतेका लागि संवैधानिक इजलासमा पेसी तोकियो

२०७७ पुष १८, शनिबार ०८:५७ गते

Recent News

मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७७ पुष १८, शनिबार ०८:५७ गते
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७७ पुष १८, शनिबार ०८:५७ गते
उपप्रधानमन्त्री रवि लामिछानेको नागरिकताबारे आज सर्वोच्चमा छलफल हुने

उपप्रधानमन्त्री रवि लामिछानेको नागरिकताबारे आज सर्वोच्चमा छलफल हुने

२०७७ पुष १८, शनिबार ०८:५७ गते
महानगर चलाउन सिक्दैछन् मेयर बालेन !

बालेन भर्सेस निर्वाचन आयोग : पुस २० गतेका लागि संवैधानिक इजलासमा पेसी तोकियो

२०७७ पुष १८, शनिबार ०८:५७ गते
Janaki Post

We bring you the best Premium WordPress Themes that perfect for news, magazine, personal blog, etc. Check our landing page for details.

Follow Us

Browse by Category

  • Bagmati Province
  • Climate and Enviroment
  • Covid-19
  • Culture and Arts
  • Curret Affairs
  • Education
  • Entertainment
  • Featured
  • Finance
  • Fitness
  • Games and Sports
  • Heath and Fitness
  • Horoscope
  • International
  • Local Level Election 2079
  • Lumbini Province
  • Madhesh Province
  • National
  • Nepal Government
  • Opinion
  • Politics
  • Province No. 1
  • Science and Technology
  • Social Crime
  • Uncategorized

Recent News

मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७७ पुष १८, शनिबार ०८:५७ गते
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७७ पुष १८, शनिबार ०८:५७ गते
  • Home 1
  • अर्थ/वाणिज्य
  • गृहपृष्ठ
  • जीवनशैली
  • मनोरन्जन
  • राजनीतिक
  • विचार
  • समाचार
  • स्वास्थ्य

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.