Janaki Post
  • गृहपृष्ट
  • अर्थ/वाणिज्य
  • मनोरन्जन
  • राजनीतिक
  • विचार
  • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ट
  • अर्थ/वाणिज्य
  • मनोरन्जन
  • राजनीतिक
  • विचार
  • स्वास्थ्य
No Result
View All Result
Janaki Post
No Result
View All Result
Bottom Nav bar (Mobile Responsive)
home Home trending_up Trending update Breaking News newspaper newspaper
Home Politics

चीनको नाम आउँदा माओवादी किन डराउछ ? सीमा विवाद बारे बोलन



admin admin
२०७८ श्रावण ३२, सोमबार १२:५७ गते

काठमाडौं। सत्तारुढ गठवन्धनले आफ्नो साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेको छ। निकै लामो मेहनत गरेर २४ गते सार्वजनिक गरिएको कार्यक्रमको थुप्रै नीतिगत कुराहरु पनि उठाइएको छ। यसै सन्दर्भमा राष्ट्रिय हितको रक्षा गर्न एवं जनताको समृद्धिको लागि स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अवलम्वन गर्ने बिषय पनि उठाइएको छ।

राष्ट्रिय हितको संवर्द्धन शिर्षकमा साझा कार्यक्रमले ६ वटा विषयलाई उठाएको छ। त्यसमध्यको २ नम्बर बुँदामा ‘लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका छिमेकी मुलुकहरुसँग समाधान हुन बाँकी सीमा समस्याहरु कुटनीतिक माध्यमबाट समाधान गर्ने’ उल्लेख छ।

यहि दुई नम्वर बुँदामा उल्लेखित ‘छिमेकी मुलुकहरुसँग समाधान हुन बाँकी सीमा समस्याहरु कुटनीतिक माध्यमबाट समाधान गर्ने’ बिषय अहिले कुटनीतिक क्षेत्र र राजनीतिक वृत्तमा पनि चर्चाको विषय भएको छ।

नेपालको तीनतिर छिमेकी भारत छ, उत्तरतर्फ मात्र छिमेकी चीन छ। सीमा विवाद नै हुँदा पनि नेपालको यी दुई बाहेक अन्य देशसँग सीमा विवाद हुन् सक्ने अवस्था छैन। चीन र भारतले घेरिएको भुपरिवेष्ठित देश नेपालको नजिकको भुटान वा वंगलादेशसँग पनि सीमा विवाद हुने अवस्था छैन। त्यसो भए साझा न्यूनतम कार्यक्रममा सत्तारुढ गठवन्धनले उठाउन खोजेको ‘छिमेकी मुलुकहरु’ भनेको के हो त ? हामीले यहि प्रश्न साझा कार्यक्रम बनाउने गृहकार्यमा रहेका एक नेतालाई सोधेका थियौ। उनले यसमा खुलेर जवाफ दिएनन्।

तथ्यहरुले नेपालको सीमा भारतसँग जस्तै चीनतर्फ पनि कतिपय स्थानमा विवादमा छ। हुम्ला लगायतका कतिपय जिल्लामा स्थानिय नेपालीहरुले नेपालको भु-भाग चीनले मिचेको बताएका छन् । भारतले मिचेको स्थानमा जस्तै चीनले मिचेको स्थानका स्थानीयले समेत आफ्नो पीडा सार्वजनिक गर्दै आएका छन्। तर नेपालका दलहरुलाई जस्तै आम नागरिकलाई पनि एक देशले मिचेको दुख्दा अर्कोले मिचेको विषय मल्हम लगाएको जस्तै प्रतित भइरहेको छ।

पछिल्लो समय हुम्लामा चीनले नेपाली भु-भाग मिचेर संरचना नै बनाएको विषय स्थानीय सांसदले उठाउँदै आएका छन्। स्थानीय कांग्रेस सांसद जीवन बहादुर शाहीले स्थानीयहरुको साथमा एक अध्ययन टोली नै लिएर स्थलगत अध्ययन गरि नेपाली कांग्रेस नेतृत्व र नेपाल सरकारलाई पनि प्रतिवेदन बुझाए। चीन सरकारसँग सीमा मिचिएको बिषयमा संवाद गर्न शाहीले सुझाएका थिए।

तर उनीमाथि चीन सरकारको नेपालस्थित दुतावास चीनियाँ कम्युनिष्ट पार्टीको मुखपत्रले शाही र नेपाली कांग्रेस बिरुद्ध नै मोर्चा खोलेर उल्टै आरोप लगायो। यद्यपी कांग्रेसले सो आरोपको खण्डन गर्‍यो। तत्कालिन केपी ओली सरकारले पनि चीनतर्फ सीमा नमिचिएको भन्दै हतारमा वक्तव्य जारी गर्‍यो।

संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक हुनु अगाडी शाहीले पार्टीमा बुझाइ पार्टीले अपनत्व गरेको सो प्रतिवेदनको बिषयलाई कार्यक्रममा समेट्न खोज्दा सो विषयलाई प्रष्ट नलेखी घुमाउरो पारामा मात्र समेटियो। हुम्लाको मिचिएको बिषय कार्यक्रममा समेट्न माओवादी केन्द्रले असहमती जनाइसकेपछि सो विषयलाई घुमाएर लेख्नुपरेको कार्यदलका एक सदस्यले बताए। ‘सीमा जता मिचिएपनि समान दुख्नुपर्ने भएपनि यसमा पक्षधरता देखिनु राम्रो हैन,’ ती सदस्यले भने।

हुम्लाको नाम्खा गाउँपालिका लिमीमा अतिक्रमण गरेको नेपाली भूमिलाई लिम्पियाधुरा, कालापानी, लिपुलेक जस्तै नाम उल्लेख गरि ती स्थानको सीमा समस्या कुटनीति माध्यमबाट समाधान गर्ने बिषय माओवादीकै कारण रोकिएको थियो। माओवादीले हुम्लाको लिमीमा अतिक्रमण भएको कुरालाई कार्यक्रममा समेट्न असहमती जनाएपछि बीचको बाटो निकालेर छिमेकी मुलुकहरुसँगको सीमा समस्या कुटनीतिक माध्यमबाट समाधान गर्ने भन्ने शब्द चयन गरिएको कार्यदलका ती सदस्यले बताए । प्रचण्डले त्यसमा असहमति जनाएपछि बीचको बाटो निकाल्न मेहेनत गर्नुपरेको थियो।

प्रचण्ड नेतृत्वको माओवादीले हुम्लाको सीमा मिचिएको बिषयमा देखाएको यो उदासिनता र कार्यक्रममा समेटन् पुर्‍याएको अवरोधको विषय बुधवार कांग्रेस नेताहरुको वैठकमा उठेको थियो। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा सहितको वैठकमा सहभागी भएका कर्णाली प्रदेश कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीले कार्यक्रममा हुम्लाको बिषय छुटेकोमा जिज्ञासा राखेका थिए।

संयुक्त सरकारको एक घटकले राख्न नमानेपछि भारततर्फको बिषय राखेको जस्तै चीनतर्फको बिषय साझा न्यूनतम कार्यक्रममा राख्न नसकिएको देउवाले जानकारी दिएका थिए । बैठकमा उपसभापति विमेन्द्र निधीले समेत सरकारको साझा न्यूनतम कार्यक्रममा अमेरिकी सहायता परियोजना एमसीसी र हुम्लामा चीनले सीमा अतिक्रमण गरेको विषय किन नपरेको भनेर प्रश्न उठाएका थिए ।

प्रधानमन्त्री देउवाले कार्यक्रममा उलेलेख भए अनुसार नै दुवै देशसँग जोडिएका सीमा विवाद समाधानका लागि आफूले कुटनीतिक रुपमा कुराकानी अघि बढाउने प्रतिबद्धता जनाएका छन्। यसबारे सरकारले मन्त्रिपरिषदबाट निर्णय गराई उच्चस्तरीय टोली नै बनाएर काम अगाडि बढाउने देउवाले कांग्रेस नेताहरुको वैठकमा बताएको हुम्लाका जनप्रतिनिधी तथा कर्णाली प्रदेशका विपक्षी दलका नेता शाहीले जानकारी दिए।  हाम्राकुरा

Previous Post

जानकी माताको दर्शन सहित आजको राशीफल हेर्नुहोस्

Next Post

के फेरि प्रतिनिधि सभा भङ हुन सक्छ ?

admin

admin

Next Post

के फेरि प्रतिनिधि सभा भङ हुन सक्छ ?

Discussion about this post

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७८ श्रावण ३२, सोमबार १२:५७ गते
मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७८ श्रावण ३२, सोमबार १२:५७ गते
जानकी माताको दर्शन शहित आजको राशिफल हेर्नुहोस

जानकी माताको दर्शन सहित आजको राशिफल पढ्नुहोस

२०७८ श्रावण ३२, सोमबार १२:५७ गते
सिरहा ४ ‘क’मा जनमतका त्रिभुवन साह जित्नसक्ने चार फ्याक्टर

सिरहा ४ ‘क’मा जनमतका त्रिभुवन साह जित्नसक्ने चार फ्याक्टर

२०७८ श्रावण ३२, सोमबार १२:५७ गते

सिरहाको एक युवकको कोरोना संक्रमणबाट मृत्यु !

एसईईको नतिजा प्रकाशन गर्न थप केहि दिन लाग्ने

सिरहामा राहत बितरण गर्ने क्रममा १३ राउण्ड फायर !

नेपालमा रहेका भारतीय नागरिकले अब आफ्नो विवरण दर्ता गराउनु पर्ने

नेपालमा रहेका भारतीय नागरिकले अब आफ्नो विवरण दर्ता गराउनु पर्ने

मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७८ श्रावण ३२, सोमबार १२:५७ गते
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७८ श्रावण ३२, सोमबार १२:५७ गते
उपप्रधानमन्त्री रवि लामिछानेको नागरिकताबारे आज सर्वोच्चमा छलफल हुने

उपप्रधानमन्त्री रवि लामिछानेको नागरिकताबारे आज सर्वोच्चमा छलफल हुने

२०७८ श्रावण ३२, सोमबार १२:५७ गते
महानगर चलाउन सिक्दैछन् मेयर बालेन !

बालेन भर्सेस निर्वाचन आयोग : पुस २० गतेका लागि संवैधानिक इजलासमा पेसी तोकियो

२०७८ श्रावण ३२, सोमबार १२:५७ गते

Recent News

मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७८ श्रावण ३२, सोमबार १२:५७ गते
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७८ श्रावण ३२, सोमबार १२:५७ गते
उपप्रधानमन्त्री रवि लामिछानेको नागरिकताबारे आज सर्वोच्चमा छलफल हुने

उपप्रधानमन्त्री रवि लामिछानेको नागरिकताबारे आज सर्वोच्चमा छलफल हुने

२०७८ श्रावण ३२, सोमबार १२:५७ गते
महानगर चलाउन सिक्दैछन् मेयर बालेन !

बालेन भर्सेस निर्वाचन आयोग : पुस २० गतेका लागि संवैधानिक इजलासमा पेसी तोकियो

२०७८ श्रावण ३२, सोमबार १२:५७ गते
Janaki Post

We bring you the best Premium WordPress Themes that perfect for news, magazine, personal blog, etc. Check our landing page for details.

Follow Us

Browse by Category

  • Bagmati Province
  • Climate and Enviroment
  • Covid-19
  • Culture and Arts
  • Curret Affairs
  • Education
  • Entertainment
  • Featured
  • Finance
  • Fitness
  • Games and Sports
  • Heath and Fitness
  • Horoscope
  • International
  • Local Level Election 2079
  • Lumbini Province
  • Madhesh Province
  • National
  • Nepal Government
  • Opinion
  • Politics
  • Province No. 1
  • Science and Technology
  • Social Crime
  • Uncategorized

Recent News

मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७८ श्रावण ३२, सोमबार १२:५७ गते
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७८ श्रावण ३२, सोमबार १२:५७ गते
  • Home 1
  • अर्थ/वाणिज्य
  • गृहपृष्ठ
  • जीवनशैली
  • मनोरन्जन
  • राजनीतिक
  • विचार
  • समाचार
  • स्वास्थ्य

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.