Janaki Post
  • गृहपृष्ट
  • अर्थ/वाणिज्य
  • मनोरन्जन
  • राजनीतिक
  • विचार
  • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ट
  • अर्थ/वाणिज्य
  • मनोरन्जन
  • राजनीतिक
  • विचार
  • स्वास्थ्य
No Result
View All Result
Janaki Post
No Result
View All Result
Bottom Nav bar (Mobile Responsive)
home Home trending_up Trending update Breaking News newspaper newspaper
Home Uncategorized

नेता नै छुवाछुतको शिकार, मृत्युपछि बाबुको मुख हेर्न पनि पाइनन्

admin admin
२०७८ भाद्र २०, आईतवार ०८:३७ गते

झापा । राति ११ बजे बाबुको मृत्यु भएको खबर उनले विहान ७ बजेतिर माइती गाउँका छिमेकीले फेसबुकमा राखेपछि मात्र थाहा पाइन् । थाहा पाउनेवित्तिकै उनले ती छिमेकीलाई फोन गरिन्, ‘म घाटमै भएपनि आउँछु, एक पटक अनुहार हेर्न पाऊ, नजलाउनु ।’

तर अन्तरजातीय विवाह गरेकी सीता ढुंगाना विश्वकर्माले बाबुको अनुहार हेर्न पाइनन् । छोरी आउने खबर पाएपछि माइती पक्ष अन्त्येष्टिको काम चाँडै नै सकेर घर फर्किए ।

विश्वकर्मासँग विवाह गरेकै कारण माइतीबाट अलग बनाइएकी नेकपा एमालेको महिला संगठन अखिल नेपाल महिला संघ झापाकी सहसचिव सीताले बाबुलाई जलाएको खरानी माग्दा पनि पाइनन् । ‘म कन्काइ घाट आउँदैछु अलिकति खरानी भएपनि राखिदिनु भनेको थिएँ, त्यो पनि सबै पखालेर बगाइदिएछन्’ उनले भनिन् ।

एमालेको हालका झापा जिल्ला सदस्य छविलाल विकसँग २०५७ साल पुसमा प्रेम विवाह गरेकी सीता त्यतिबेलादेखि नै माइतीबाट तिरस्कृत छिन् । सीताले विवाह गरेपछि उनका माइती पक्षले ब्राम्हण बोलाएर एकोहोरो शंख बजाएर उनको किरिया गरिसकेका थिए ।

माइतीले सँगै बसेर बाबुको किरिया गर्न बर्जित गरेपछि सीता आप्mनै घरमा किरिया बसेकी छन् । किरिया बसेको तेह्रौं दिन उनले शनिबार भनिन्, ‘मैले दलितसँग विवाह गरेकै कारण मेरो जिउँदैमा किरिया गरियो, बुबा मरेपछि पनि मलाइ किरिया गर्न दिइएन ।’

सीताकी बाबु धर्मानन्द ढुंगानाको १३ दिनअघि ९३ वर्षको उमेरमा मृत्यु भएको थियो । दमक सूर्योदय आधारभूत विद्यालयका प्रधानाध्यापक भीमप्रसाद ढुंगाना र सार्वजनिक निमाविका शिक्षक लक्ष्मीप्रसाद ढुंगाना सीताका दाजु हुन् । दाजुहरुले नै सँगै किरिया बस्न नमानेको सीता बताउँछिन् ।

‘राज्यको शासन व्यवस्था कुुलीन वर्गको हातमा राख्ने र उपल्लो वर्गकाले शुद्रलाई रैती दास र आफूलाई मालिक ठान्नेहरुले कागजी रुपमा जति नै व्यवस्था परिर्वतन गरेपनि व्यवहार त परिवर्तन गर्न गाहो रहेछ’ उनले भनिन् ।

उनी किरिया बसेका बेला एमालेका धेरै नेताहरु भेट्न आए, समवेदना पत्र पठाए । सबैले ‘तपाईंलाई अन्याय भयो’ भने । ‘तर कसैले पनि हिड्नोस हामी तपाईंको माइतीमा किरिया वस्ने व्यवस्था मिलाइ दिन्छौं भन्न सकेनन्, सबैजना मेरो घरको पानी पनि नपिई हिँडे’ सीताले आक्रोश पोखिन्, ‘अब भन्नोस् परिवर्तन कागजमा मात्र भएर के हुन्छ ?’

सीताका पति छविलाल विश्वकर्मा यस्ता विषयमा एक्लै लड्न नसकिने बताउँछन् । ‘हामीले परिवारका सबै सदस्य एकै ठाउँ बसेर किरिया गर्ने वातावरण तयार गर्न अनेक प्रयास ग¥यौं, तर सम्भव भएन । हामीले मुठभेट गर्न खोजेनौं’ उनी भन्छन् ।

Previous Post

पशुपतिमा विकृति : मूर्तिबाट १७३ तोला सुन हरायो, शवदाह मेसिन किन्दा समेत मिलेमतो

Next Post

चिनियाँ नागरिकहरु पाकिस्तानका आतंकवादी समूहको हिट लिस्टमा

admin

admin

Next Post

चिनियाँ नागरिकहरु पाकिस्तानका आतंकवादी समूहको हिट लिस्टमा

Discussion about this post

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७८ भाद्र २०, आईतवार ०८:३७ गते
मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७८ भाद्र २०, आईतवार ०८:३७ गते
जानकी माताको दर्शन शहित आजको राशिफल हेर्नुहोस

जानकी माताको दर्शन सहित आजको राशिफल पढ्नुहोस

२०७८ भाद्र २०, आईतवार ०८:३७ गते
सिरहा ४ ‘क’मा जनमतका त्रिभुवन साह जित्नसक्ने चार फ्याक्टर

सिरहा ४ ‘क’मा जनमतका त्रिभुवन साह जित्नसक्ने चार फ्याक्टर

२०७८ भाद्र २०, आईतवार ०८:३७ गते

सिरहाको एक युवकको कोरोना संक्रमणबाट मृत्यु !

एसईईको नतिजा प्रकाशन गर्न थप केहि दिन लाग्ने

सिरहामा राहत बितरण गर्ने क्रममा १३ राउण्ड फायर !

नेपालमा रहेका भारतीय नागरिकले अब आफ्नो विवरण दर्ता गराउनु पर्ने

नेपालमा रहेका भारतीय नागरिकले अब आफ्नो विवरण दर्ता गराउनु पर्ने

मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७८ भाद्र २०, आईतवार ०८:३७ गते
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७८ भाद्र २०, आईतवार ०८:३७ गते
उपप्रधानमन्त्री रवि लामिछानेको नागरिकताबारे आज सर्वोच्चमा छलफल हुने

उपप्रधानमन्त्री रवि लामिछानेको नागरिकताबारे आज सर्वोच्चमा छलफल हुने

२०७८ भाद्र २०, आईतवार ०८:३७ गते
महानगर चलाउन सिक्दैछन् मेयर बालेन !

बालेन भर्सेस निर्वाचन आयोग : पुस २० गतेका लागि संवैधानिक इजलासमा पेसी तोकियो

२०७८ भाद्र २०, आईतवार ०८:३७ गते

Recent News

We bring you the best Premium WordPress Themes that perfect for news, magazine, personal blog, etc. Check our landing page for details.

Follow Us

Browse by Category

  • Bagmati Province
  • Climate and Enviroment
  • Covid-19
  • Culture and Arts
  • Curret Affairs
  • Education
  • Entertainment
  • Featured
  • Finance
  • Fitness
  • Games and Sports
  • Heath and Fitness
  • Horoscope
  • International
  • Local Level Election 2079
  • Lumbini Province
  • Madhesh Province
  • National
  • Nepal Government
  • Opinion
  • Politics
  • Province No. 1
  • Science and Technology
  • Social Crime
  • Uncategorized

Recent News

मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७८ भाद्र २०, आईतवार ०८:३७ गते
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७८ भाद्र २०, आईतवार ०८:३७ गते
  • Home 1
  • अर्थ/वाणिज्य
  • गृहपृष्ठ
  • जीवनशैली
  • मनोरन्जन
  • राजनीतिक
  • विचार
  • समाचार
  • स्वास्थ्य

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.