श्रीमतीको हत्या गरि हातखुट्टा काटेर जलाउने व्यक्ति ७ वर्षपछि पक्राउ

श्रीमतीलाई जलाएर मारेपछि फरार रहँदै आएका एक व्यक्ति पक्राउ परेका छन्।

साबिक भिल्मी गाबिस वडा नं. ९ हाल कृष्णनगर नगरपालिका–६ श्रीनगर की २१ वर्षीया श्रीमती किस्तालवती चमारलाई जलाएर मारेपछि भागेका सिद्धार्थनगर तहशिल नौगढ धन्सा ग्राम बस्ने वर्ष २३ का मुलायम चमार पक्राउ परेका हुन्। उनलाई प्रहरीले बिशेष सुराकीका आधारमा यशोधरा गाउँपालिकाको रंगपुर नाकाबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले पत्रकार सम्मेलनमा जानकारी गराए।

२०७१ चैत १ गते ससुराली आएका बेला मुलायमले श्रीनगर गाउँको दक्षिण पश्चिम झिन्कन आरखको रहरको खेतमा हत्या गरी श्रीमतीको हात, खुट्टा काटेर जलाएका थिए। ससुरा सुखरामले सुतेको बेला छोरीलाई खेतमा लगि बिभत्स हत्या गरी ज्वाई भागेको बताए। हत्याको अर्को दिन ज्वाई भारतमा पक्राउ परेपछि मोटरसाईकलबाट फरार भएका बताए।

२ दिनपछि मात्रै छोरीको काटिएको खुट्टा कुकुरले लगिरहेको अवस्थमा फेला पारेका उनले बताए। बिवाह भएको २ वर्षपछि किस्लावतीको हत्या भएको थियो। प्रारम्भिक अनुसन्धानको क्रममा अभियुक्तको पर स्त्रीसंगको सम्बन्धका कारण घटना भएको प्रहरी उपरीक्षक कार्कीले बताए।

पक्राउ परेका अभियुक्तबाट प्रहरीले नम्बर प्लेट नभएको निलो मोटरसाईकल, उत्तर प्रदेश प्रान्तीय रक्षक दल महानिर्देशनालयको सिकन्दर लेखिएको परिचय पत्र मोबाईल थान–२ बरामद गरेको छ। घटनाको थप अनुसन्धान भईरहेको कार्कीले बताए।


Janaki Posthttp://Janakipost.com
Janaki Post News: Find the latest breaking news from Nepal and world on opinion & analysis, politics, science and technology and much more.

ताजा समाचार

Related articles