आज मधेशमा जनमत पार्टीको ऐतिहासिक किसान महारैली प्रदर्शन

सिरहा। डा.सिके राउत नेतृत्वको जनमत पार्टीले शुक्रबार (आज) ,पुस ३० गते पूर्व झापा देखि ‌काठमाडौँ ऐतिहासिक किसान महारैली प्रदर्शन गर्ने डा.सिके राउतको सचिवालयले जनाएको छ ।

जनमत पार्टीले आज सिरहा, धनुषा, महोत्तरीसहित मधेसका सबै जिल्लाको सदरमुकाममा ‘किसान महारैली’ गर्ने भएको छ ।

सरकारले किसानको मुद्दा सम्बोधन गर्न नचाहेर आन्दोलनलाई कमजोर ठानेपछि जनमत पार्टी शक्ति देखाउन लागेका हुन् । महारैलीको तयारी पुरा भएको जनमत पार्टीले जनाएको छ ।

किसान महारैली सिरहामा जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउत, वीरगंजमा पार्टीका उपाध्यक्ष बसन्त कुशवाहा र राजविराजमा नेता ईन्द्रजीत यादवले सम्बोधन गर्ने बुझिएको छ ।

किसान महारैलीमा अनिवार्य सहभागी हुन जनमतपार्टीले नेता कार्यकर्तालाई निर्देशन दिएको छ । साथै किसानहरुलाई सहभागी हुन समेत आह्वान गरिएको छ ।

किसानलाई समयमा मलखाद उपलब्ध गराउनुपर्ने, किसानलाई पेन्सन दिनुपर्ने, सिंचाईको व्यबस्था गर्नुपर्ने, उखु किसानको भुक्तानी दिलाउनुपर्ने लगायतका माग राखेर जनमत पार्टी आन्दोलनरत छ ।

गहुँको बीउ लुटेको आरोपमा सिरहाको औरही गाउँपालिकाले दर्ता गराएको मुद्दा आधारमा प्रहरीले एक किसानलाई पक्राउ गरेपछि जनमत पार्टीले पुस ९ गतेबाट आन्दोलनको घोषणा गरेको थियो । कार्यकर्तामाथि दमन गरेको भन्दै उक्त पार्टीले आन्दोलनलाई निरन्तरता दिएको हो ।

किसानलाई समयमा मलखाद उपलब्ध गराउनुपर्ने, किसानलाई पेन्सन दिनुपर्ने, सिंचाईको व्यबस्था गर्नुपर्ने, उखु किसानको भुक्तानी दिलाउनुपर्ने लगायतका ११ बुँदे माग राखेर करिव ३हप्ता देखि जनमत पार्टी आन्दोलनरत छ ।


Janaki Posthttp://Janakipost.com
Janaki Post News: Find the latest breaking news from Nepal and world on opinion & analysis, politics, science and technology and much more.

ताजा समाचार

Related articles